झापामा स्थानिय पालिकाका शिक्षा अधिकारी र कर्मचारिहरुकाे बृहत शैक्षिक अन्तरकृया कार्यक्रम सम्पन्न

युबराज रेग्मी
माघ २३, झापा /
झापा जिल्ला अन्तरगतका १५ वटै पालिकामा कार्यरत शिक्षा अधिकारि र शिक्षा सेवाका कर्मचारिहरुको बृहत शैक्षिक अन्तरकृया आज सुक्रबार सम्पन्न भएको छ । जिल्लाको शिवसताक्षि नगरपालिकाको राष्ट्रिय रमणीय अादर्श माध्यमिक बिद्यालय सभाहलमा आयोजित अन्तरकृया कार्यक्रममा जिल्ला अन्तरगतका पालिकामा कार्यरत सम्पुर्ण शिक्षा अधिकारी र कर्मचारीहरुले कार्यक्रम कार्यान्वयन र कार्य सम्पादनमा अाएका कठिनाइ साथै उक्त समस्या समाधानका उपायहरु बारे छलफल गर्दै अन्तरकृया कार्यक्रममा आ- आफ्नो धारणा ब्यक्त गरेका थिए ।

मुलुक राज्य पुनरसंरचनामा रुपान्तरण भए पश्चात् शिक्षा छेत्रका सरोकार वाला निकाय हरुको अधिकार र दावित्वमा भएको हेरफेर र कार्यक्रम कार्यान्वयनमा अाएका चुनौती र एकरुपता सम्बन्धी बिसयमा छलफल केन्द्रित गरिएको थियो । शिक्षा बिकास तथा समन्वय एकाइ झापाका एकाइ प्रमुख राजकुमार विश्वकर्माको प्रमुख आथित्यता तथा मेचिनगर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव होमनाथ भण्डारीको सभापतित्वमा आयोजित अन्तरकृया कार्यक्रम लाई शिवसताक्षी नगरपालिकाका शिक्षा प्रमुख उपसचिव सुरेन्द्र दाहालले सहजीकरण गरेका थिए । अन्तरकृया कार्यक्रममा अर्जुनधारा नगरपालिकाका शिक्षा अधिकारी उपसचिव तोया नाथ रेग्मी , गौरादह नगरपालिकाका शिक्षा अधिकारी उपसचिव टेक नाथ रेग्मी लगायत १५ वटै पालिका अन्तरगतका शिक्षा,युवा र खेलकुद शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शिक्षा शाखा अन्तर्गत सम्पादन हुने संघीय,प्रदेश र स्थानीय सरकारका सबै कार्यक्रम बारे छलफल गर्दै समसामयिक मुद्दा र चुनीती हरुबारे अन्तरकृया छलफल गरिएको थियो ।अन्तरकृया कार्यक्रममा सशर्त अनुदान अन्तर्गतका कार्यक्रमहरु कार्यक्रम कार्यान्वयन पुस्तिकाले निर्देश गरे बमोजिम हुबहु पालना गरिने र स्थानीय शिक्षा ऐन कार्यविधि ,संघीय शिक्षा ऐन सँग बाझिएको हकमा संघीय शिक्षा ऐन बमोजिम नै गरिने अन्तरकृया कार्यक्रममा निर्णय गरिएको थियो । साथै नयाँ संघीय शिक्षा ऐन हाल सम्म कार्यान्वयनमा आइ नसकेको अबस्थामा शिक्षा ऐन,२०२८( संशोधन सहित) तथा शिक्षा नियमनवली २०५९( संशोधन सहित) नै हालको संघीय शिक्षा ऐन रहेको अन्तरकृया कार्यक्रममा जानकारी गराउदै कार्यक्रम सम्पन्न गरिएको थियो ।