नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशको विशेष आयोजनामा ‘गौरक्षार्थ विशेष गोष्ठी’ विषयमा वृहत कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशको विशेष आयोजनामा ‘गौरक्षार्थ विशेष गोष्ठी’ विषयमा वृहत कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम लाई लुम्बिनी प्रदेशकाे अायाेजना तथा केन्द्रकाे सहअायाेजना मा सभापति प्रदेश अध्यक्ष शिवराज पाेखरेल, प्रमुख अतिथि श्री लाेकानन्द स्वामी, विशिष्ट अतिथि मा केन्द्रीय अध्यक्ष श्री खेमराज पाैडेल, महासचिव श्री युवराज अर्याल ज्यू ले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष सीता अर्याल ज्यू बाट स्वागत मन्तव्य व्यक्त गरिएको हो।

कार्यक्रम को उदघाटन दीप प्रज्वलन गरी स्वस्ती वाचन का साथ कार्यक्रम का प्रमुख अतिथि श्रद्देय गुरु श्री लोकानन्द स्वामी ज्यू बाट भएको हो। स्वामी ज्यू बाट संस्था को उत्तरोत्तर प्रगतिको लागि आशिर्वचन प्राप्त भयो।

संस्था को बारेमा सक्रियता बढाउनका लागि नेपाल स्वयं सेवक संघका केन्द्रिय अध्यक्ष तथा महासचिव ज्युबाट थप निर्देशन भयो भने गौ रक्षार्थ विशेष गोष्ठी को सम्बन्ध मा गुरुयोजना, परियोजना र गृहकार्य भइरहेको बारे नेपाल स्वयं सेवक संघ प्रशिक्षण विभाग केन्द्रकि प्रमुख श्री बिमुन्स पौडेल ज्यू ले प्रष्ट पार्नु भएको थियो।

कार्यक्रम मा संस्था को स्थापना र अग्रसरता लाई निरन्तरता दिने एक मूल मन्त्र समेत श्रद्धेय गुरुबाट प्राप्त भएको छ ” नमस्ते पारव्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः” यस मूल मन्त्र लाई नेपाल स्वयं सेवक संघ का अभियन्ता ले आत्मसात गरी अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्। देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ विस्तारको क्रममा रहेको छ।

आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन ।

त्यसैले अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संघको भूमिका उल्लेखनीय रहने छ।

स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो । यो कुनै पार्टि जात धर्म र लिङ्ग प्रति सम्मिलित होईन तपाईं हामी नेपाली हौ नेपालको भलो चाहन्छौ।