गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । (भिडियो सहित)

पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत “ के नै गल्ती “ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “ के नै गल्ती “ नामक गीत मा बिजय आफैले स्वर र संगीत भरेका छन भने संगीत सम्योजन अमृत ल्वागुनले गरेका छन ।

शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति सुनिएको नाम त हैन तर पनि उनको सानै देखिको यो क्षेत्र प्रति को माया र झूकाब ले आज उनिभित्र भएको कलाकारितालाई यही गीत मार्फ़त सम्पूर्ण माझ प्रसट्याऊन सफल भएकाछन ।

दिपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पण ले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयम् नवराज कालिकोटे र सुजिता रसाइलीको साथमा बिनोद केसी को पनि अभिनय रहेको छ । भिडियोमा गीतको भावअनुसार नव प्रतिभा भएता पनि नवराज , सुनिता र बिनोदले न्याय दिएका छन् । एक्का कम्पनी नामक यूटूब च्यानल मार्फत गीत सार्वजनिक भईसकेको छ । गीतलाई दर्शक श्रोताहरुले मन पराइरहनुभएको भिडियोमा आएका सकारात्मक प्रतीकृयाहरुले पनि स्पस्ट पारेको छ ।