पुष्प र गीता फिचर्ड एच. बी. र मन्जुको ‘दिइसके यो जिवन ‘ सार्वजनिक ( भिडियो )

गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ । ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी,सुबोल थापाको कोरियोग्राफी ,रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ

दशकौ देखि नेपाली सांगीतिक छेत्रमा क्रियाशील गायक एबम संगीतकार एच. बी.सुनारका यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन भने एच. बी. र मन्जु मिलेर लामो समयदेखि मन्जरी संगीत पाठशालाको संचालन गर्दै आएका मन्जु गायन रियालिटी सो कार्यक्रम सिङगिङ स्टारकी जज समेत हुन ।