जिबनमा सात श्रीमती तर आठ पटक बिहे र डिभोर्स गरेका चर्चित पत्रकार ल्यारी किँङको ८७ बर्षको उमेरमा निधन !

डाक्टर भरत राज पौडेल सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ ।

जिबनमा सात श्रीमती तर आठ पटक बिहे र डिभोर्स गरेका (अरू अफेर्रसको कुरो नगरौँ) सिएनएन लगायत अन्य केही मिडियामा आबद्ध चर्चित पत्रकार ल्यारी किँङको ८७ बर्षको उमेरमा निधन भएछ। बिहे सात पटक गरे पनि तेस्री श्रीमती अलिन अकिन सँग बिहे गरेर २-३ बर्ष बसेर चौथी तर पाँचौ नम्बरमा बिहे गरेकी श्रीमती मिकी सटफिनसँग बिहे गरीवरी उनी सँग पनि डिभोर्स गरेर फर्केर फेरी ३-४ बर्ष पछी पहिल्यै कि तेस्री श्रीमती अकिनसँग पाँचौँ नम्बरको अर्थात दोहोर्याएर बिहे गरेका किङ सिएनएनका आईकोन बिश्व चर्चित “ल्यारी किँङ लाईभ शो” का युनिक र बिषयमा अत्यन्तै केन्द्रित चर्को प्रस्तोता थिए। डेढ बर्ष अघि पनि सबैभन्दा लामो समय २२ बर्ष आँफु सँगै बिताएकी आफ्नै दुई छोराकी आमा ८ औँ बिहे गर्दा ७ औँ श्रीमती भएकी सावन साउथविक सँग पनि ८५ बर्षको उमेरमा २०१९ मा डिभोर्स गरेका थिए यिनले। आठौँ पटक सम्म बिहे गरेका किङका ४ छोरा १ छोरी थिए। पहिलेका श्रीमतीहरूका तर्फबाट जन्मेका मध्ये एकमात्र छोरीको क्यान्सरका कारण ५१ बर्षमा र जेठो छोराको ६५ बर्षको उमेरमा पोहोर ताका निधन भएको थियो क्यार। पहिली श्रीमती फ्रेडा मिलर, दोश्री आनेट केई, तेस्री आनेट अकिन, चौथी मिकी सटफिन, पाँचौँ सारोन लेपोरे, छैठौँ जुली अलेक्जेंडर र सातौँ सावन साउथविक हुन।

#ब्यक्तिगत जिबनमा जे जस्तो उतार चढाव ब्यहोरेका भए पनि उत्कृष्ट टेलिभिजन पत्रकारिता पस्केका किङ्को निधनमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु।
#स्मरणिय छ कि म चाहीँ काठमाडौँको कलेज जिबनमा ल्यारी किँङ शो, बिबिसी हार्ड टक र डेभिड लेटरम्यानको शो नछुटाई हेर्थेँ। अहिले ति दिन पुराना भए पनि अष्ट्रेलियामा साउन मेकेलेफको म्याड याज हेल, चार्ली पिकरिङ, डेभिड हम्फ्रे, जुलिया जिमेरो, टम ग्लेशन, एडम हिल, हार्ड क्वीज, मेडिया वाच, ईन्साईट्स, दि प्रोजेक्ट, फोर कर्नर, ईन्साईडर, ल्याण्डलाईन, ग्राण्ड स्टाण्ड, नाइन टुडे, सेभेन सनराईज र एबिसी ब्रेकफास्ट शो हेरिन्छ। कति बन्द भए पुरानो रेकर्ड बाट हेरिन्छ तर धेरै चाँही अहिले पनि चलेका छन।
Rest in Peace Larry!