चर्चित डान्सर सुशान्त खत्री र एलिशा राई फिचर्ड डि.पीको ‘काफल गेडी कुटुक्कै’ (भिडियो)

गायक समिर मोक्तान र ममता गुरुङको नयाँ गीत ‘काफल गेडी कुटुक्कै’ सार्वजनिक भएको छ। जसमा चर्चित गीतकार डि.पी खनालको शब्द रचना, शकंर थापा “स्माईल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

अन्तरराष्ट्रियरुपमा चर्चा कमाएका चर्चित डान्सर सुशान्त खत्री र एलिशा राईको दमदार नृत्य रहेको भिडियोमा राजिव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको ‘काफल गेडी कुटुक्कै’को भिडियोलाई डश म्युजिक नेपालको यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

सुशान्त खत्री र एलिशा राईको नै अभिनय रहेको गायक समिर मोक्तानको यस अघिको गीत निरमायालाइ दर्शकले अत्याधिक मन पराएका थिए ।