प्रधानमन्त्रीको गृहनगर दमकमा कांग्रेसको बिरोध , सरकारको चाल बयलगाडा जस्तो भयो

युबराज रेग्मी , पुष २५ झापा /
ओलि सरकारको असंबैधानिक कदमका बिरुद्ध नेपाली कांग्रेसले आज ( सनिबार ) प्रदेशसभा निर्वाचन क्षेत्र स्तरिय बिरोध कार्यक्रम सम्पन्न गरेको छ । काङ्ग्रेसले आज देस भरका ३३० प्रदेस निर्बाचन छेत्रमा बिरोध कार्यक्रम गरेको हो ।

झापा क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ अन्तरगत पर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर दमकमा पनि विशाल बिरोध कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा नेपाली कांग्रेसले ‘बयलगाडा’ जुलुस निकालेको छ।

प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम र प्रतिनिधिसभा विघटन विरुद्ध सडक संघर्षमा उत्रेको कांग्रेसले ओलीको गृह जिल्ला झापाका १० स्थानमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री ओलीलेले ०६२ / ०६३ मा सडकमा गणतन्त्रको नारा लागिरहँदा आन्दोलनप्रति कटाक्ष गर्दै ‘बयलगाडा चढेर अमेरिका नपुगिने’ भनेका थिए। त्यसको सांकेतिक बिरोध स्वरुप उनको गृह नगर दमकमा बयलगाडा जुलुस निकालिएको आयोजकले बताएका छ्न ।

झापा ५ कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बयलगाडा जुलुस निकालेर प्रतिकात्मक विरोध गर्नुका साथै आफुहरुले प्रधानमन्त्रीलाई सचेत गराएको बताए।
नेपाली कांग्रेस दमक नगर समितिको पार्टी कार्यालयबाट सुरु भएको बिरोध जुलुस दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो । बयलगाडा सहित निस्किएको बिरोध जुलुस नगरका ठाउँ ठाउँमा कोणसभा गर्दै नमुना बजार पुगेको थियो ।

कोणसभा लाई कांग्रेस पुर्व झापा जिल्ला सभापती पुर्णानन्द शर्मा, पार्टिका महासमिति सदस्यहरु सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, नगर सभापती रोशन विष्ट, महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराई , लगायतले सम्बोधन गरेका थिए । हाल सरकारको चाल बयलगाडा जस्तो भएको आरोप लगाउदै बक्ताहरुले प्रतिकात्मक रुपमा प्रदर्सनमा आफूहरु बयलगाडा लिएर उत्रिनुपरेको बताए ।

साथै वर्तमान सरकारले संसद बिघटन गरेर असंबैधानिक कदम चालेको भन्दै उक्त गलत कदमलाई सर्वोच्च अदालतले सच्याउनु पर्ने बताएका थिए । सरकारले आफ्नो जिम्मेवारी बिर्सिदा भ्रष्टाचारले सिमा नाघ्नु साथै महंगिले नागरिक आक्रान्त भईरहेको अवस्थामा संसदनै बिघटन गरेर नागरिक हरुलाइ सडकमा आउन बाध्य पारेको बताए ।

त्यस्तै प्रदेस सभा निर्बाचन छेत्र ५ (क) को निर्बाचन छेत्र अन्तरगत पर्ने गौरिगन्ज गाउँपालिकाको बजारचोकमा पनि विशाल बिरोध कार्यक्रम सम्पन्न भएको छ । विराेध सभामा नेपाली कांग्रेस महासमिति सदस्य अनिल कृष्ण प्रसाईले प्रतिनिधि सभा पुनर्स्थापना नभए कांग्रेसकाे अगुवाईमा देशभर अान्दाेलन हुने बताए ।

केपी अाेलीकाे सरकारले गरेकाे संसद विघटन असंवैधानिक भएकाे भन्दै प्रमुख अतिथि प्रसाईले राजालाई समेत फाल्न सक्ने नेपाली कांग्रेस पार्टी भएकाेले लाखाैं कार्यकर्तालाई सडकमा उतारेर भएपनि निरकुंशता फाल्ने बताउदै न्यायकाे नियम र संविधानकाे व्यवस्था अनुसार कुनै पनि न्यायाधीशले बहस गर्नुपर्याे भने सुवास चन्द्र नेम्वाङ जस्ताे मुख चपाएर वहस नगरी देशलाई न्यायकाे हिसाब दिनु पर्ने जिकिर गरे ।न्यायालयले अब संसद पुनर्स्थापना गर्नुपर्ने बाहेकको विकल्प नरहेको बताए ।

मध्यावधि निर्वाचन गरे देशले ४०/५० अर्ब घाटा सहनुपर्ने भन्दै मध्यावधि निर्वाचनको विराेधमा काङ्ग्रेस रहेकाे बताए । झापा क्षेत्र नं. ५ संघीय संसदका प्रत्यासी उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीले कम्युनिस्ट सरकारले आजसम्म झुटकाे खेती गर्दै आएकाे भन्दै भ्रष्टाचारकाे दलदलमा फसेकाे अाराेप लगाए । बुढी गण्डकीमा ४ अर्ब, फाेरजीमा १२अर्ब, सेकुरिटी प्रेसमा ७० कराेड , वाईडबढीमा ६ अर्ब लगायत बालुवाटारकाे जग्गा बेचेर खाएकोले भ्रष्टाचारकाे काण्डै काण्ड मच्चाउन तल्लिन सरकारले जनताकाे हितहुने कुनैपनि काम नगरेकाे बताए ।

संविधानले परिकल्पना गरेकाे राजनीति स्थायित्वलाई लत्याएर केपी अाेलीले विश्वासमा लिएर भाेट लिए, जनतालाई झुक्याएर बहुमतकाे सरकार बनाए तर यिनले देश र जनतालाई ध्वंस नै गरेर छाडेकाे कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका डा. अधिकारीले बताए ।

कार्यक्रमलाई नेपाली कांग्रेस महासमिति सदस्यहरू घनश्याम रिजाल, राेहितकुमार साह, देवीप्रसाद राजवंशी, रामकुमारी पाैडेल, नगरसभापति यादवराज सेढाई, क्षेत्रिय सभापति ढुंडीराज भण्डारी लगायतले सम्बोधन गरेका थिए ।बिरोधकार्यक्रमा नेपाल तरुण दल , नेपाल महिला संघ, नेपाल बिध्यार्थी संघ , नेपाल शिक्षक संघ लगायत नेपाली काङ्रेसका सम्पुर्ण भातृ संगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।