इन्डोनेशियाको राजधानी जाकार्ताबाट ६२ जना यात्रुसहित उडेको विमान समुन्द्रमा दुर्घटना

लन्डन । इन्डोनेशियाको राजधानी जाकार्ताबाट ६२ जना यात्रुसहित उडेको विमान समुन्द्रमा दुर्घटना भएको छ ।

एअरपोर्टबाट उडेको चार मिनेटपछि सम्पर्कविहिन भएको श्रीविजय एअर बोइंग ७३७ को उक्त विमान वेष्ट कालिमन्तन प्रान्तको लागि उडेको थियो ।विमानमा १० बालबालिकासहित ६२ यात्रुहरु रहेको बताइएको छ ।

फ्लाइट ट्र्याकिंग वेबसाइटका अनुसार दश हजार फिटको दुरीमा एक मिनेट भन्दा कम समयमा सम्पर्क विच्छेद भएको थियो । स्थानीयवासीहरुले विष्फोटको आवाज सुनेको बताएका छन् ।

समुन्द्रमा विमानका भग्नावशेषहरु फेला परेको समाचार माध्यमले उल्लेख गरेका छन् । इन्डोनेशिका नेभी फोर्सलाई उद्धारको लागि घटनास्थल पुगेका छन् ।