किरण घिमिरे ‘माइकल’को स्वरमा गीति भिडियो ‘फेवा’

किरण घिमिरे ‘माइकल’को स्वरमा गीति भिडियो ‘फेवा’ रिलिज भएको छ । गीतमा युवा युवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा समावेश दृश्यहरु लोभलाग्दा छन् ।

गीतमा समावेश शब्द तथा संगीत मिठासपुर्ण लाग्छन् । गीतमा संगीत पनि गायक माइकलको नै छ भने शब्द लेखनमा माइकललाई सुदिप आत्रेयले सघाएका छन् । एरेञ्जको काम शैलेन्द्र एम. प्रधानले गरेका छन् । सारङ्गी हेमन्त कान्छा रसाइलीको छ ।

भिडियोतर्फ मोडलिङमा छुल्ठिम गुरुङ र तिर्थ कोजी फिचर्ड छन् । गाउँले युवा युवतीको भुमिकामा प्रस्तुत भएका छुल्ठिम र तिर्थको प्रेम छुल्ठिमले गाउँ छोडेसँगै टुङ्गिन पुग्छ । सौरभ लामाले क्यामेरामा तारिफयोग्य काम पस्केका छन् भने सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ । हरी लामा र सुदिप आत्रेयले भिडियोलाई निर्माण गरेका हुन् ।