भेट्न मन छ बोलको म्युजिक भिडीयो सार्वजनिक

भेट्न मन छ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ। म्युजिक भिडीयोमा बिकास लामिछाने र रोशनी जी आर फिचर्ड छन्।

स्याड भर्सनको गीतमा शब्द संगीत र स्वर दिलिप जंग खत्रीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने याकुब राईले गरेका हुन्।
पोखरामा छायांकन गरिएको म्युजिक भिडीयोलाइ नेत्र गुरुङले निर्देशन गरेका हुन्।

म्युजिक भिडीयोमा प्रकास गुरुङको छायांकन ,नेत्र गुरुङको सम्पादन ,जय गुरुङको मेकअप , बिकास ताम्राकारको ड्रोन र किरण राज थापाको कलर समाबेश रहेको छ।