पोखराको चाउथेमा रहेको एक फर्निचर उध्योगमा आगोलागी भएको छ ।

पोखराको नया निर्माणधिन अन्तर्राष्ट्रिय बिमान्स्थलको मुख्य गेट मुनि रहेको मकर फर्निचर तथा सोफा उद्योगमा एक्कासी हिजो शनिबार साझको ४ बजे आगोलागि भएको हो ।

स्थानिए बासिन्दा, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र महानगरपालिकाको २ ओटा दमकलको सहयोगमा आगो नियन्त्रणम ल्याईएको हो ।

दिउसोको ४ बजे बाट लागेको आगो ६ बजे नियन्त्रणमामा आएको थियो ।

आगोलागीबाट कति नोक्सान भयो भन्ने तथ्य आएको छैन । १ करोडको नोक्सान भएको अनुमान भने लगाईएको छ ।

कास्की प्रहरीले यस घटनाका बारेमा अनुसंधान सुरु गरिसकेको छ ।

हेर्नुहोस कसरी लागेको थियो आगो ? के भन्छ्न प्रत्यक्षदर्शी …