प्रेस विज्ञप्ति – प्रीय साथीहरू विगत लामो समयदेखि हामी हाम्रो स्वाभिमान , पहिचान ,अधिकार र न्यायको निम्ति निरन्तर संघर्षरत छौं ।

मिति :- २०७७/९/१८ गते – विषय :- प्रेस विज्ञप्ति

प्रीय साथीहरू विगत लामो समयदेखि हामी हाम्रो स्वाभिमान , पहिचान ,अधिकार र न्यायको निम्ति निरन्तर संघर्षरत छौं । यसै सन्दर्भमा मिति २०७६ साल माघ ९ र १० गते काठमाडौं मा भएको चौथो राष्ट्रिय सम्मेलन बाट हाम्रो संगठन लाई सशक्त ढंगले अगाडि बढाउने र माग मुद्दा लाई हल गर्ने उद्देश्यका साथ विभिन्न सरकारी तथा गैरसरकारी संघ ,संस्था , संगठन , राजनीतिक दल , तिनै तहको सरकार लगायत सम्पुर्ण सम्बन्धित र सरोकारवाला निकाय सँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय सर्बसहमतले पारित गरेको कुरा सबै समक्ष सर्वविदितै छ। सोही अनुरुप अधिकार र जिविकोपार्जनको सवालमा केही प्रदेश अन्तर्गत सबै जिल्लाका प्रतिनिधि साथीहरू लाई सहभागी गराइ कार्यक्रम गरेको र जिविकोपार्जनको अति आवश्यक परेका प्रथम चरणमा प्राथमिकता रहेका साथीहरू लाई सानो तिनो उपलब्धिमुलक सहयोग गरेको कामलाई सम्मान गर्नुपर्ने र चित्तनबुझेको खण्डमा संगठनको सम्बन्धित निकायमा छलफल बहस गर्नुको सट्टा केही अराजक कु तत्वहरुले उल्टो अतिरन्जित बनाउदै भ्रम छर्ने काम गरिएको छ ।

यसप्रति संगठन खेद व्यक्त गर्दछ र सम्पुर्ण साथीहरू र शुभचिन्तकहरुमा संगठन आफ्नो लक्ष्य र उद्देश्यमा एक ढिक्का रहेको कुरा अवगत गराउदाछौं । तर विडम्बना संगठन स्थापना कालदेखि नै जब – जब संघर्ष एउटा उचाइमा पुग्छ तब – तब संगठन विरोधी आन्तरिक तथा बाह्य तत्वहरुले संगठन र संघर्षबाट प्राप्त उपलब्धिलाई विसर्जन पार्न साथीहरूको माझ विभिन्न गलत प्रचारबाजी भ्रम छर्ने काम गर्दै आएका छन । त्यसैगरी यतिबेला फेरि संगठनको कार्वाहीमा परेका र संघर्षबाट भाग्ने भगाउडाहरुले एक ढिक्का भएको संगठन लाई फेरि टुट फुट र विभाजनको दिशामा लैजाने प्रपन्च रच्दै संगठनको लक्ष्य र उद्देश्य प्रती दृण्ढ संकल्पका साथ अगाडि बढेका जिम्मेवार नेतृत्वहरुलाई तथ्यहिन आरोप प्रतिआरोप लगाउदै साथीहरू समक्ष भ्रम फैलाउने काम गरेका छन यो कुनै नौलो नभएर पुरानै बाँदरे प्रबृत्ति दोहोर्‍याएका र यति मात्र नभएर स्वदेश र बिदेश मा रहेका सम्पुर्ण साथिहरुलाई भ्रम छोड्दै झुटको खेती गरि संगठनको कार्यक्रम छ भन्दै जसरी आर्थिक संकलन गर्ने काम गरिरहेका भन्ने शुचना आएको छ ।

यसप्रति हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । संगठन लाई बद्द्नाम गराउने उदेश्यको साथ संगठनका नामवाट गलत गतिविधी गर्ने अराजक तत्वहरुको निगरानी गर्दै पराष्त गर्न हाम्रो संगठन संबन्धित निकाय प्रशासन लाई जानाकारी गराउदछौँ। अहिले हाम्रो संगठन कोहि र यस्ता गलत प्रवृत्तिका विरुद्ध संगठन सशक्त ढंगले प्रतिकारमा उत्रने प्रतिबद्धता जाहेर गर्दछ । साथै सम्पुर्ण बहिर्गमित जनमुक्ति सेनाका साथीहरूलाई तत्काल काठमाडौमा संगठनको कुनैपनि आधिकारिक कार्यक्रम नभएको जानकारी गराउँदछौ र यस्ता गलत हल्लाको भन्डाफोर गर्दै विचलित नभई संगठनको निर्देशन अनुसार दृण्ढ संकल्पका साथ अगाडि बढ्न संगठन का सचिवालय देखि केन्द्रीय तहसम्मका जिम्मेवार कमरेड हरुलाई हार्दिक अनुरोध गर्दछौं ।

इन्चार्ज :- असिम आङबुहाङ्ग लिम्बू ( सुनिल )
अध्यक्ष :- रमेश बसेल ( करन )