सन् २०२१ मा बृष राशिको बार्षिक राशिफल कस्तो रहला? – ज्योतिषः केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

शुभ नम्बर ५, ६ । शुभ बार सोमबार, शुक्रबार, शनिबार । शुभ रङ् सेतो र हरियो रहेको छ ।
स्वभाव – मेहनती पुरातन सोच राख्नेवाला व्यक्ति हुनेछ । साहसका साथ स्पष्ट आफ्ना विचार राख्न सक्ने व्यक्ति हुने छ । ठूलो दिल भएको अन्य पक्षले छिट्टै विश्वास गर्न सक्ने हुनेछ ।