रबीले दिए धर्मपत्नी निकितालाई बिशेष सुभकामना !

काठमाडौं । चर्चित सञ्चारकर्मी रबी लामिछानेकि धर्मपत्नी निकिता पौडेल लामिछानेको आज परेको जन्मदिनले सामाजिक संजालमा निकै चर्चा पाई रहेको छ । आफ्नी पत्निको जन्मदिनको सुभकामना दिदै लामिछानेले संजालमा पोष्ट्याएका छन् ।

लामिछानेले पोष्ट्याए सँगै उनका फ्यानहरुले उनकी धर्मपत्नीलाई सुभकामनाको ओईरो बर्षाएका छन् । लामिछाने लामो समयदेखी सञ्चारक्षेत्रमा छन् । उनका सत्कर्महरुलाई जनताले धेरैनै रुचाएका हुनाले हुनलाई सबैले राजनीतिमा आउन भनी बारम्बार भन्दै आएको पाईन्छ ।

तर लामीछानेले भनेका छन् ,तत्काल राजनीतिमा आउने मेरो कुनै योजना नै छैन ।” जनताले चाहेको मान्छेले मुलुक हाँकुन भन्ने सबैको चाहना हुन्छ तर सोछे झैं सबै पूरा नि हुन्न । आशा गरौं लामीछाने निक्कै राम्रो योजना साथ राजनीतिमा आउने नै छन् ।

लामिछानेले रातको १२ बजे आफ्नो सामाजिक संजाल फेस्बुकमा लेख्दै आँफ्नी धर्मपत्नीलाई यसरी सुभकामना दिएका छन् ,“****तिम्रो दुख,सबै मेरो….मेरो सुख,सबै तिम्रो***जन्म दिनको अनेकौं शुभकामना प्रिय।भगवान सधै दाहिना रहुन् ,दिर्घायु हुनु,निरोगी हुनु।”

स्कटनेपाल परिवारको तर्फ बाट पनि धेरै धेरै सुभकामना :