सन् २०२१ मा कर्कट राशिको बार्षिक राशिफल कस्तो रहला? – ज्योतिषः केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

जीवनमा सफलता, कार्य सफलता शनिदेवको विशेष आर्शिवाद रहने छ । कार्यलाई कसरी सफलता उन्मुख बनाउने भन्ने कार्यप्रति मन केन्द्रीत हुनेछ । गैरकानुनी क्षेत्रमा मन नदिनु नै उपयुक्त हुनेछ ।
शनिको प्रतिकुलता कारण स्वास्थ्यमा वाधा, धन खर्चका पाटाहरू बढ्नेछ । शनिको जप गर्दा स्वास्थ्यमा सुधार हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नयाँ–नयाँ व्यवसायमा मन केन्द्रीत हुनेछ । उन्नति र प्रगतिको वर्ष रहने छ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |