झलनाथ खनाललाई झापड हान्ने रेग्मी एक्कासी मिडियामा, आक्रोशित हुदै रास्ट्रपतिलाइ दिए यस्तो चेतावनी (भिडियो सहित)

२०६७ माघ ६ गते सार्वजनिक कार्यक्रममा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका सुनसरीको भरौल–१ का देवीप्रसाद रेग्मी अहिले मिडियामा आएका छन् । एमाले अध्यक्ष खनाललाई थप्पड हान्नुपूर्व उनी कृषक थिए भने अहिले सानो चियापसल खोलेर व्यावसायिक बन्ने प्रयत्नमा लागेका रहेछन् । शक्तिशाली पार्टीका अध्यक्ष खनाललाई थप्पड हान्दा रेग्मीका विषयमा अनेक अड्कलबाजीहरु गरिए । कतिपयले मानसिक रोगी भने कतिपयले तत्कालीन एमाओवादीका कार्यकर्ता ।

उनी एमालेका सक्रिय कार्यकर्ता नभएर सहयोगीका रुपमा थिए र अहिले पनि छन् । भन्छन्, ‘त्यो बेला म एमालेको सक्रिय कार्यकर्ता थिएँ भन्दिनँ तर एमालेको सहयोगीका रुपमा भने थिएँ । धेरैले धेरै तरिकाले मेरो विषयमा चर्चा परिचर्चा गरे ।’ उनी न मानसिक रोगी थिए, न त एमाओवादीका कार्यकर्ता नै । उनी आम मानिस थिए तर उनमा झण्डै एक वर्ष अघिदेखि नेताहरुप्रति आक्रोश थियो । त्यही आक्रोश खनालमाथि परेको मात्रै हो । खनालका ठाउँमा अन्य पार्टीका नेता पनि पर्न सक्ने उनी बताउँछन् । ‘त्यो त सञ्जोग मात्रै परेको हो ।उनि संग गरिएको भिडियो तल प्रस्तुत गरीएको छ हेर्नुहोला ।