जिवनको यदि कुनै अर्थ छ भने त्यो हो आफु कुनै बेसाहारा को सहारा बन्नु।

स्कटनेपाल,
बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार, समाजसेवी जानकी पन्त बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

पन्त लेख्नु हुन्छ :

जिवनको यदि कुनै अर्थ छ भने त्यो हो आफु कुनै बेसाहारा को सहारा बन्नु। यदि आफू भन्दा दुर्भाग्यसालि, आफू भन्दा कम सुबिधा पाएको, आफू भन्दा कम अवसर पाएको मानिसको जिन्दगि छुन या बदल्न सकियो भने त्यो भन्दा अर्को ठुलो उपलब्धि छैन जस्तो लाग्छ मलाई।

जीवन, जन्म पश्चात मृत्युको सार हो। आखिर जीवन मृत्युकै पर्खाई हो। जीवनलाई मृत्युकै आँखाबाट हेरेपनि या मृत्युलाई जीवनकै आँखाबाट हेरेपनि परिणाम एक हो।
तैपनि जीबन सारपुर्ण हुनुपर्छ भन्नू नै जन्मको अर्थ हो।

जन्म दु:खपुर्ण छ, जीबन संघर्षपूर्ण हुन्छ अनि मृत्यु सुन्य। जीबनलाइ सुखमय बनाउन जिउने कृयाकलाप हरुमा अनि सकारात्मक सोचमा भर पर्छ।
आफुसँग भएका, धन, सामान, सीप, साधन सुविधा अरुमा बाड्न सके! आफुले आर्जन गरेको अनुभब, शक्ति, ज्ञान र सोचबुद्धी

लाई ब्यबहारमा रुपान्तरित गर्न सके या अरुमा परावर्तित गर्न सके यो सृष्टि आफैमा प्रेममय र सुखमय हुनेथियो। अनि अनेकन अभावमा मनुस्य लाइ बाच्न पर्ने थिएँन।
तब बल्ल सुरक्षाको लागि हतियार होईन् सम्मानको लागि प्रेम सर्वोपरि हुनेथियो। सृष्टिले बदला लिने सोच मनुष्यमाथि कहिल्यै बनाउने थिएँन। लुटपाट हिंसा जस्तो अपराधिक सोचहरुमा होलिका रंगहरु कहिल्यै भर्ने थिएनन्।

अत: लोभ मोह क्रोध ईर्ष्या त्यागी जीवन बेसाहाराकै साहारा र सहकार्यकै लागि जीउने लक्ष्य यदि जीवनमा बनाउन सके, जीबन त्यसै सफल हुनेछ भन्ने मेरो मान्यता छ।
धन्यबाद, सबैमा अंग्रेजी नया बर्ष 2021 को हार्दिक मंगलमय शुभकामना ।