पूर्व मिस नेपाल अनुष्काको पुष्टकारी र गुँदपाकको ब्रान्ड ‘माक्कुसे’ विदेशी बजार प्रवेश गर्ने तयारीमा

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ हाम्रो रैथाने मिठाइ पुष्टकारी, गुँदपाकका साथै कुकिजलाई करिब आठ महिना बजार अध्ययनपस्चात माक्कुसेको आकर्षक प्याकेजिङ र ब्रान्डिङले ‘लक्जरी स्विट्स’ बनाएर विदेशी बजार प्रवेश गराउने तयारीमा छिन् ।

माक्कुसे भनेको नेवारी शब्द हो जुन खानाको स्वाद बुझाउन प्रयोग हुन्छ । कुनै मिठो परिकार खाँदा मनै भरिने आनन्दको भावनालाई माक्कुसे भनिन्छ र यसले मिठो स्वादप्रतिको हाम्रो भावना व्यक्त गर्छ ।

बेग्लै स्वाद र स्वास्थ्यबर्धक पुष्टकारी र गुँदपाक हाम्रा त हुन, तर ओझेलमा पर्दै गएकोले यी परिकारलाई विश्व पहिचान दिलाउने अनुष्काको उद्धेस्य हो ।

हाल माक्कुसेका पाँच परिकार छन्- पुष्टकारी, रोजवाटर-पिस्ताचियो गुँदपाक, मोचा गुँदपाक, चकलेट-गुँदपाक फज कुकिज र ओट्स गुँदपाक पम्प्किन सिड कुकिज । पुरानो स्वादलाई कुनै असर नपार्ने गरी गुँदपाक र कुकिजका यी नयाँ परिकार मार्फत अनुष्काले मौलिक स्वादलाई फरक किसिमले प्रस्तुत गर्न खोजेकी छिन् ।

काभ्रेका स्थानीय किसानबाट किनेको दूधबाट बनाइने यी सबै सामान स्थानीय र रसायनबिहीन हुनेछन ।

पुष्टकारी सुनौलो कागजमा बेरेर नेपाली कागजबाट बनेको बलियो डब्बामा आउँछ भने गुँदपाक पनि सिसाका डब्बामा आउँछ र बिर्कोबाहिर नेपाली कागजले नै बेरेर झिलिमिली डोरीले बाँधिएको छ । बाहिर अंग्रेजी र रञ्जना लिपिमा माक्कुसे लेखेर हराउँदै गएका मौलिक कला बचाउन प्याकेजिङमार्फत नेपाली मौलिकता झल्काइएको छ । लक्जरी ब्रान्ड र ग्राहकप्रति जिम्मेवार भएर अन्तराष्ट्रिय गुणस्तर कायम गर्ने उद्धेस्यका साथ आएकोले माक्कुसेका मिठाइको मूल्य छ सय ४९ देखि एक हजार दुई सय ४९ रूपैयाँसम्म पर्छन जुन स्थानिय बजारमा भन्दा महंगो त पर्छ नै तर यो स्वाभाविक पनि हो निर्यात गुणस्तरको भएका कारण ।

लोपोन्मुख मौलिकतालाई जोगाउने र युवा पुस्तालाई प्रोत्साहित गर्दै लोपोन्मुख अवस्थामा रहेको परंपरागत स्वास्थ्यबर्धक खानेकुरालाई विस्व बजारमा लैजाने पूर्व मिस नेपाल अनुष्काको चुनौतिपूर्ण कामको लागि हार्दिक बधाई एबं सफलताको लागि हार्दिक शुभकामना!!!

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सलाहकार रामकुमार श्रेष्ठ @Ramkshrestha को फेसबुक पेज