बसन्त सापकोटा र मेलिना राईको स्वरमा चल्छ बोलको म्युजिक भिडीयो सार्वजनिक |

बसन्त सापकोटा र मेलिना राईको स्वरमा चल्छ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ।

सृष्टि खड्का र विजु पार्की अभिनित गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ| गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन्। म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ।