टेक्ससमा नेपालीद्वारा संचालित एचडिएनपीले घरबार बिहिनलाई कम्बल वितरण

विजय थापा ,डिसी महानगर क्षेत्र l अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा कम्बल वितरण कार्यकम भब्यताको साथ सम्पन्न गरेको छ l

यस बर्ष सहित एचडिएनपीले तेश्रो पटक कम्बल वितरण गर्न सफल भएको छ । कम्बल वितरण कार्यक्रम टेक्ससको फोर्ट वर्थ युनिटी पार्क(उद्यान)मा गरिएको थियो ।

कार्यक्रममा करिव ३ सय कम्बल गरिएको छ भने आगामी जनवरी ३ का दिन अझ २ सय कम्बल वितरण गरिने जानकारी संस्थापक तथा अध्यक्ष देवी डेविड आचार्यले बताए ।

आगामी कार्यक्रम भने टेक्ससको ड्यालसको लिभिङ्ग वर्ल्ड हार्भेस्ट -मेन्स होम नाक स्थानमा हुने छ । आज नै कम्बल वितरण कार्यक्रम उक्त स्थानमा २:३० राखिएता पनि स्थान बन्द भएकोले जनवरीमा सारिएको हो ।

एचडिएनपी अन्तरराष्ट्रियले सहयोग गर्ने र स्वयम् सेवक रुपमा खटिनेलाई धन्यवाद दिएको छ । एचडिएनपीको तर्फबाट रतु अदिल,कोरी कालवे,जाचरी स्मिथ,म्याथ्यु स्मिथ,जुली स्मिथ,ग्लोरिया माथुर,बिनोद माथुर ,फैजखान,सरोज सिग्देल,गणेश लोहनीलाई बिशेष धन्यवाद दिइएको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय )भन्ने संस्थाले स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखिहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आई रहेको छ ।

र त्रैमासिक रुपमा रक्तदान पनि निरन्तर गरि रहेको छ । उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन् l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको छ l