रचना, स्मारिका र समारिका पहिलोपल्ट एकसाथ मिडियामा, पुन्य गौतमको क्यारिकेचर गर्दा यसरी बन्यो हाँसोको माहोल (हेर्नुस् यो रमाइलो भिडियो)

काठमाडौं – पछिल्लो समय चर्चामा आएका तीन झापाली कलाकार पहिलोपल्ट एकसाथ मिडियामा आएका छन् । पछिल्लो समय गायनमा व्यस्त गायिका रचना रिमाल र टिकटकबाट चम्किएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र समारिका ढकाल एकै फ्रेमको अन्तर्वातामा पहिलोपल्ट देखिएका हुन् ।

रचनाको स्वरमास्मारिका र समारिकाले पल शाहसँग जोडी बाँधेर अभिनय गरेको गीत ‘माया लाउन मसँग’को सार्वजनिक भएको अवसरमा उनीहरु एकसाथ मिडियामा आएका हुन् । गीतमा झापाकै गायक विशाल निरौलाको स्वर रहेको छ ।

झापालीलाई काठमाडौंमा हेरिने दृष्टिकोणमाथि पनि अन्तर्वार्तामा छलफल भयो । पछिल्लो समय सामाजिक संजालमा चर्चित पुन्य गोतमको क्यारिकेचर पनि गर्न भ्याए ।

बाँकी के के भयो, हेर्नुस् यो रमाइलो भिडियो कुराकानी :