रास्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा २४ लाख ४९ हजार ६ सय ६४ रुपैंया दान जम्मा भयो यसरी?

काठमाडौँ, हाम्रो देशलाई माया गर्ने नेपालकै एकमात्र बैज्ञानिक डा. महाबिर पुनद्दारा सन्चालन गरिएको नेपाल रास्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ सन्दर्भमा देश विदेशबाट नेपाली सहयोगी मनहरु जुट्ने कर्म जारी छ। त्यस्तै पछिल्लो समय समाजसेवी भिम उपाध्याय लगायत इशा गुरुङ को पहलमा निकै ठुलो रकम रास्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ सन्दर्भमा जम्मा भएको बैज्ञानिक डा. महाबिरले जानकारी गराउनु भएको छ । उहा आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ :

गत नोवेम्बर १ देखि सेवा निबृत सचीब Bhim Upadhyaya ज्यू ले आफ्ना साथी भाई, ईष्ट मित्र, सामाजिक संजालका मित्रहरु सबैलाई अपील गरेर राष्ट्रिय आविष्कार केन्द्रको लागि आर्थिक दान संकलन गर्ने अभियान चाल्नु भएको थियो | यसरी नेपाल सरकारको बरिष्ठ राष्ट्र सेबकले राष्ट्रिय आविष्कार केन्द्रको लागि मरीमेटेर प्रचार गर्ने र आर्थिक दान संकलन गर्ने उहाँ नै हुनु हुन्छ | उहाँ सचीब पदमा छंदा देखि नै राष्ट्रिय आविष्कार केन्द्रको प्रचार प्रसार गर्ने काममा लाग्नु भएको थियो |

उहाँको आह्वानलाई स्वीकार गरेरआज डिसेम्बर १७ अपरान्ह ३ बजे सम्म कूल ९७६ जना दाताहरुले सिधै राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नै २४ लाख ४९ हजार ६ सय ६४ रुपैंया दान गरेका रहेछन | उहाँलाई सो अभियानमा इशा गुरुङ बहिनीले पनि बेस्सरी सहयोग गरेकी छन् | यसरी दान गर्ने दाताहरुको नाम लिस्ट मैले बिस्तारै पोष्ट गर्दै जाने छु | कसैले पनि आफ्नो नाम आएन भनेर चित्त नदुखाउनु होला अथवा मैले नाम पोष्ट गर्न बिर्सेमा सम्झाउनु होला | Bhim सरको अभियान मार्फत दान दिनु भएका सम्पूर्ण ९७६ जना दाताहरुलाई राष्ट्रिय आविष्कार केन्द्रको तरफ बाट धेरै धेरै धन्यबाद टक्र्याउछु | यो बिबरण Bhim सर ले नै उपलब्ध गराउनु भएको हो |