सिक्कामा दुइटा पाटा भएझै यो संसारका हरेक दृश्य या अदृश्य चिजहरुका दुइटा पाटाहरु हुन्छन !

स्कटनेपाल,
बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार, समाजसेवी जानकी पन्त बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

पन्त लेख्नु हुन्छ :

सुविचार : एक मानवले अर्को मानवलाई आत्मसम्मान गर्न जरुरि छ! अर्काको दुख देख्दा मनमा करुणा अनि दयाको भाव जाग्न जरुरि छ! यो जीबन अपरिमित ज्ञानको भण्डार हो! जीवनको हरेक पलमा शिक्षापूर्ण पाठहरु हुन्छन्, यसबाट सिक्न र लाभ उठाउन जरुरि छ! सोचहरुमा नम्रता, कार्यहरुमा विसुद्धता, निर्णयहरुमा द्दढता, आचारणहरुमा परमार्थता, अनि जीबनमा सरलता र सौम्यता हुन् जरुरि छ!

अन्तमा, मान्छेको जीबन हरेक को आ-आफ्नै एक रहस्यमय भोगाइ हो! यो कहिँ एक आभाष भित्र, कहिँ आह्वाट भित्र, कहिँ संघर्ष त्याग र बलिदान भित्र रुमलिएको हुन्छ!

सिक्कामा दुइटा पाटा भएझै यो संसारका हरेक दृश्य या अदृश्य चिजहरुका दुइटा पाटाहरु हुन्छन ! जीवनका हरेक मोडमा दोबाटा हरु भेटिन्छन् ! तर सहि बाटो लाइ चुनेर त्यसको गन्तव्य सम्म पुग्न सक्नु बुद्दिमानी हो! सहि र गलत चिन्न नसक्नु या चिनेर पनि त्यसलाई अनदेखा गर्नु हाम्रै कमजोरी हो! आज यो शंसारमा जति पनि परिर्वतन भएका छन् त्यो सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएका छन्। जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझेर सही गन्तव्य चूने उनीहरुनै जीबनमा सफल छन्।

जन्मने र मर्ने काम सबैबाट हुन्छ तर मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ! धन्यबाद, सबैमा शुभ दिनको कामना । तस्बिर केहि बर्ष पुरानो।