१४ बर्षिया आनवीद्वारा जन्मदिनको अबसरमा १ लाख ५१ हजार सहयोग

गोरखाको आरुघाट, अल्काटार घर भइ हाल काठमाडौं बस्दै आएकी आनवी बन्जाराले आफ्नो १४औं जन्मोत्सवको अबसरमा बिद्यालयको अक्षय कोष र बिपन्न विद्यार्थीको अध्ययनको लागि १ लाख ५१ हजार आर्थिक सहयोग गरेकी छन ।

आफ्नो जन्मोत्सवको अबसरमा उनले गोरखाको पालुङटार – ४, बारपिर्केस्थित भृकुटी आधारभुत बिद्यालयको अक्षयकोषको लागि ७० हजार रुपैया सहयोग गरेकोमा त्यसबाट बिद्यालयका बिपन्न र जेहेन्दार विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरि पढ्न पाउने छन । साथै सो रकमबाट सोही बिद्यालयमा अङ्ग्रेजी माध्यमको पढाईको लागि आबस्यक सामाग्री जुटाउन र निजि शिक्षकको लागि समेत सहयोग पुग्ने बताइएको छ । सोही बिद्यालयको लागि रु ५ हजार बराबरको १ हजार १ सय थान माक्स समेत जन्मदिनकै अबसरमा उपलब्ध गराइएको थियो ।

सोही अबसरमा पालुङटार- ४, लुइँटेलको अमरज्योति माबिमा पनि ४५ हजार ८ सय रुपैयाँ सहयोग गरिएको छ । सो बिद्यालयमा अध्ययन गर्ने नेत्रहीन विद्यार्थीहरुलाई आबश्यक सेतो छडी, पोशाक, स्टेशनरी लगायतका सामाग्रीहरु खरिद गर्न सो सहयोग रकम आनवीका बुबा आकाश बन्जाराले उपलब्ध गराउनु भएको हो । ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधि एवं नेपाल संयोजक बिनोद पोख्रेल मार्फत बन्जाराले पठाउनु भएको सो रकमको चेक पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलले सो बिद्यालयकी प्रधानाध्यापक तारा जोशीलाई हस्तान्तरण गर्नुभएको थियो ।

आनवी बन्जाराको जन्मोत्सवकै अबसरमा फोक्सोमा निमोनिया भइ थलिएर काठमाडौंमा रहेका राकेश योगीका ३ जना बाबु नानीको अध्ययनको लागि पनि ३० हजार २ सय रुपैयाँ सहयोग गरिएको छ । यस अघि पनि राकेश योगीको उपचारको लागि आकाश बन्जाराले रु ३० हजार सहयोग गर्नु भएको थियो ।

गोरखाको आरुघाट, अल्काटार स्थाई घर भइ हाल ग्लोबल गोरखा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष रहेका आकाश बन्जारा हङकङका सफल हेण्डिक्राफ्ट ब्याबसायी हुन । कालिका दैनिकका डाइरेक्टर समेत रहेका बन्जाराले नेपालमा यस अघि पनि विभिन्न क्षेत्रमा सहयोगहरु गर्दै आएका छन ।

आफूले पनि छोरीको १८ औं जन्मदिनमा धुर्मुस-सुन्तली मार्फत बाढी पहिरोमा परेकाहरुलाई सहयोग गरेको र नियमित रुपमा अनाथहरुलाई सहयोग गरिराखेको संस्मरण गर्दै लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले आनवीलाई जन्मदिनको हार्दिक शुभकामना दिंदै बन्जारा परिवारलाई यो उदाहरणिय कामको लागि हार्दिक बधाई ज्ञापन गरेका छन यो कामले अरुलाई पनि यस्तै काम गर्न प्रेरित र अभिप्रेरित गरोस भन्ने शुभेच्छा प्रकट गर्दै ।