बिष्णु माझी र विरु लामाले गाएको अहिले सम्मकै महँगो लगानीमा बन्यो दोहोरी गीत

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेको लोकप्रिय सर्जक शिव हमालको शब्द संगीतमा ,कुशल गायक बिरु लामा र सर्वप्रिय सबै भन्दा महंगी गायिका बिष्णु माझीको आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत ”भिरमा सेती गाई” बोलको गीत बजारमा सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा सबैतिर छाईरहनुभएको लोकप्रिय कलाकार सागर लम्साल र रुबिना अधिकारीको दमदार अभिनय यस गीतमा रहेको छ ।

चर्चित निर्देशक मौसम हिमालीको निर्देशनमा रहेको उक्त गीतमा सुनिल परियारको एरेन्ज, श्याम कुवरले सम्पादन गर्नुभएको छ । अजय रेग्मीले छायांकन गर्नुभएको ”भिरमा सेती गाई”मा एच.बि.एन. किस्मतको माटरिंग रहेको छ। गीत निकै आसलाग्दो रहेको छ। उक्त गीत लोकदोहोरी इतिहासकै महँगो हुनसक्ने निर्माण पक्षको दावी रहेको छ । गीत एकदमै आशालाग्दो बनेको छ । हेरौ अब उक्त गीत