बलीउड तथा साउथ हिरोहरूलाई टक्कर दिने नेपाली हिरो [फोटो फिचर]

सुरेश हमाल

पोखरा- नेपालमा वर्षेनी चलचीत्र र कलाकारीता क्षेत्रमा आफ्नो भविष्य बनाउन खोज्नेहरू र सपना देख्नेको ओईरो लाग्छ । कोही सफल हुन्छन त कोही संघर्ष गर्दागर्दै गुमनाम भइदिन्छन् ।

कोही अभिनय लगायतका कला सिकेर आएपनि सफल हुन सक्दैनन् त कोही यत्तिकै सफल हुन्छन् । हामीले यसैबिच चर्चा गर्दैछाै । काठमाडौंमा जन्मिएका शेखर सुबेदी बारे । जो यहि क्षेत्रमै केहि गर्छु भनी अगाडि बढीरहेका छन ।

प्रतीभावान मात्र नभई एउटा कलाकारलाई चाहिने पूर्ण कुराहरूको अभ्यास जरूरी रहेको बताउने शेखर विभिन्न चलचीत्र, थिएटर, म्युजीक भिडियो, फेसन सो, एड्भर्टिजमेन्ट, गायन, ब्राण्ड एमब्यास्याडरका रूपमा आफुलाई उभ्याएका छन् ।

नेपाली चलचीत्रमा भिन्न रूप र अडियन्सहरूले बलीउड र साउथमा फिल्ममा सुहाउदो र जहाँका स्टारहरूलाइ टक्कर दिनसक्ने लुक्स छ त्यसैले भारतमा गइ संघर्ष गर्न सल्लाह दिन्छन् तर उनी भने नेपाली भएर नेपालकै चलचीत्रको विकास गर्ने र नेपाली चलिचित्रलाइ नै बिश्वमा चिनाउनु पर्ने बताउँछन् ।

साच्चिकै हेर्दा पनि उनी अहिले चल्तीका नायकभन्दा फरक लुक्सका छन । उनको फरक लुक्सले धेरैले आकर्षित गरेको पनि छ ।

उनले चि मुसी ची, निर्भय, गाजाबाजा जस्तो चलचीत्रमा आफ्नो अभिनय मार्फत जादु पनि देखाई सकेका छन् र अब फेरी समाजमा घट्ने विषयमा आधारीत चलचीत्र “भाँडाकुटि” मा अभिनय गर्दैछन् ।

यसका साथै अरू चलचीत्रमा तथा भिडियोमार्फत पनि उनी दर्शकमाझ आउदैछन् । साथै संघर्ष गरी रह्यो भने आफु एक दिन यही क्षेत्रमा सफल हुनसक्ने बताउँछन् ।