राजेशपायल राईमाथि १० अभियोग (भिडियोसहित)

काठमाडौं । मंसिर सुरु हुनासाथ राजेश पायल राईलाई हरेक वर्ष मिडिया, शुभचिन्तकदेखि परिवारसम्मले बिहेको प्रश्न गरेरै सताउँछन् । बिहे गर्न दबाब दिन्छन् । तर, राजेश पायल राईलाई के आरोप छ भने उनी बिहे गर्ने पक्षमै छैनन् ।

मात्रै प्रशंसकको मन राखिदिन उनले बिहेको झुटो आश्वासन बाँडिरहेका छन् । हाम्रो कला टिभीमा अनिल यादवले सुरु गरेको ‘१० अभियोग’ कार्यक्रममा अतिथि बनेका राजेशले यो अभियोग गलत रहेको बताएका छन् । आफू बिहेको पक्षमा रहेको र धुमधामसँग नै बिहे गर्ने तयारीमा रहेको उनले बताएका छन् ।

कार्यक्रममा उनलाई महिला र यौनप्रति धेरै नै आसक्त रहेको अभियोग समेत लगाइएको छ । चर्चाको असाध्यै भोको रहेको आरोप समेत लगाइएको छ । उनीमाथि केके अभियोग लाग्यो र त्यसको सामना उनले कसरी गरेका छन्, बाँकी भिडियोमै हेर्नुस् :