नायिका स्वेता खड्काले बिहे गर्दै, प्रधानमन्त्रीलाई देउवाको फोन : रामचन्द्र पौडेललाई किन पक्राउ गरेको ? हेर्नुहोस मंसिर १८ गतेका मुख्य समाचारहरु

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

उसो त स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । उनै, नायिका श्वेता खड्काले आफूले मंसिर २२ गते बिहे गर्न लागेको पुष्टी गरिन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेका छन् । तनुहँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेलसहितका नेताहरुलाई पक्राउ गरेको थियो ।

पुल उद्घाटनबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर पौडेल, निषेधाज्ञा नमान्ने भन्दै जुलस लिएर पुल उद्घाटन गर्न हिँडेपछि प्रहरीले धरपकड गरेको थियो । देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थलमा लगेको तर्क गरेका थिए । यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :