गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक

काठमाण्डौं ।
सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ आधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन ।

आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा श्याम विसी , सुजता शर्मा , अनु खड्का , हिमाल र मनिषा कपालीको अभिनय रहेको छ ।

”चन्चले मोरी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।