“छुट्नलाइ पो रैछ क्यारे” हिट भएपछी गायक मिडियामा, जादुमय स्वरले सबैलाई लट्ठ पारे, १० बर्षसम्म संगीत सिक्दाको दुख सुनाए

काठमाडौँ। “छुट्नलाइ पो रैछ क्यारे” बोलको गीत केहि समय अगाडी सार्बजनिक भएको थियो । यस गीतमा चर्चित कलाकारहरु थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ। अधिकांश दृश्यहरु पोखरामा खिचिएको यो म्युजिक भिडिओमा कलाकार पुष्प खड्काको अभिनय रहेको छ भने जानु पोख्रेलले पहिलो पल्ट यहि गीत मार्फत सांगीतिक क्षेत्रमा आफ्नो यात्रा शुरु गरेकी पनि गरेकी थीइन |

निकै मार्मिक गीत गाएका बाग्लुङ्ग जिल्लाको गल्कोट ज्यामिरे निबासी थानेश्वर गौतमले यसमा संगीत र स्वर दिएका छन् भने शब्द प्रभा बर्तौलाको रहेको छ। गीतमा एक प्रेम जोडी परिस्थितिबस छुट्टिनु परेको व्यथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ। गायक थानेश्वर गौतमले आफ्ना प्राय रचनामा गाउँले झल्को दिने प्रयास गर्दै आएका छन्। र यस गीतमा पनि उनको छुट्टै खालको रचना देख्न सकिन्छ |

यस गीतलाई अहिले चर्चित सामाजिक संजाल टिकटकमा पनि अत्यधिक रुचाइएको छ | त्यसकारण गीतको भिउज पनि युटुबमा दिन प्रति दिन बढ्दै छ | यसै क्रममा आज हामीले यसै गीत र अन्य हिट गीतहरुका गायक थानेश्वोर गौतमसँग कुराकानी गरेका छौ |