अहिले राजा आउ देश बचाउ भन्ने परिचालित छौडा हुन राजाबादीनै पश्चिमाको नयाँ अनुहार हुन !

काठमाडौ । राजनीतिक दलहरुले जनताको मन दुख्ने हर्कत गरिरहँदा ‘राजा आउ देश बचाउ’ का नारा घन्किन थालेका छन् । राजतन्त्र तथा हिन्दु राष्ट्रको माग गर्दै हज्जारौ युवाहरु सडकमा उत्रिन थालेका छन् । गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन भैरहेको छ |

देशमा गणतन्त्र ल्याएको १४ वर्षसम्म पनि नेताले चेतेनन् भन्ने तर्क दिदैँँ विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ | सहभागी युवाहरूले हिन्दु राज्य र राजतन्त्र फर्काउन माग गरिरहेका छन् | उनिहरुले हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना, संघीयताको खारेजी लगायत माग राखेर प्रदर्शन गरेका छन् | आज हामि यसै बिषयमा रहेर हाम्रो पार्टी नेपालका गोबिन्द बोहरासंग कुरा गरेका छौ |