हरेक सेतो चम्किने रत्न हिरा हुदैन, यदी हिरालाई चिन्नु छ भने अध्यारोसम्म पर्खिनु पर्छ!

स्कटनेपाल,
बेलायत मा बस्दै आउनु भएको समाज सेवी जानकी पन्त ले बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

पन्त लेख्नु हुन्छ : हरेक सेतो चम्किने रत्न हिरा हुदैन, यदी हिरालाई चिन्नु छ भने अध्यारोसम्म पर्खिनु पर्छ! किनकी उज्यालोमा त सिसा पनी टल्किन्छ! हरेक चम्किने पहेलो धातु सुन हुदैन अनि सुन आफै चम्कदैन यसलाई चम्काउन कसी लगाउनु पर्छ!

सुन्दरता चाहे त्यो रुप को होस, चाहे त्यो मनको होस, चाहे त्यो सोच को होस अर्थात कुनै बिषय या बस्तु को होस्, सबै लाइ मन पर्छ! तर सुन्दरता को पछि भन्दा सफलता को पछि लाग्नु बुद्दिमानी हुन्छ, किनकि सफल व्यक्ति बने पछि सुन्दरता आफै पछि लाग्छ !

कमल हिलो मा फुल्छ, गुलाफ को फूल काडा बिचमा फुल्छ अनि हिरा कोइला खानी मा पाईन्छ! त्यसैले संघर्ष, मेहनत र बाधा हरु देखि कहिल्यै हिम्मत नहार्नु होस्, किनकि यसबाट नै मानिस एक सुन्दर, सक्षम र सफल व्यक्ति बन्न सक्छ !

धन्यबाद, सबैमा शुभ दिनको कामना |