भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि पूजापाठ, प्रसाद राष्ट्रपतिलाई पठाइने : दैविक शक्ति सबैले शेयर गरौ !

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक/पटक पसिना आएको जनाएको हो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् ।प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

पूजापाठको प्रसाद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने व्यवस्था मिलाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसाद पठाउने प्रचलन रहिआएको छ ।शिलामा पसिना आएपछि भक्तजनहरूले मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने लगायत गर्ने गरेका छन् ।

भीमेश्वरको शिलामा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई पसिना आएको विश्वास गर्ने गरिएको छ ।यसअघि २०७६ फागुन १५ गते मन्दिरको शिलामा पसिना आएको थियो । पसिना आएपछि क्षमापूजा गरिएको थियो ।शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने किंवदन्ति छ ।२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरको शीलामा पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो । – नेपाल रैबार

यस्तो छ प्रशासनको विज्ञप्ति