केही व्यक्तिहरुका लागि अनार खानु खतरनाक हुन्छ !

सबिता आचार्य,
शरीरमा आइरन र रगतको कमी पूरा गर्नका लागि अनार निकै राम्रो स्रोत हो र त्यसैले चिकित्सकहरुले अनार खान सुझाव दिन्छन् र अनार फाइबरले भरपुर हुन्छ यसले तौल कम गर्छ तर, केही व्यक्तिहरुका लागि अनार खानु खतरनाक हुन्छ!!

१. एलर्जी – एलर्जीबाट समस्यामा परेका व्यक्तिहरुले अनार खान हुँदैन । यसले एलर्जीको समस्या झन् बढाउँछ । शरीरमा रगत बढाउँछ र रगतको धब्बा झनै बढाउँछ ।

२.न्यून रक्तचाप – रक्तचाप कम ( लो ब्लडप्रेसर) कम हुने व्यक्तिहरुले अनार खानुहुँदैन । अनार चिसो हुने भएकाले यसले रक्तसञ्चारको गति ढिलो गराउँछ । जसले ‘बिपी फल’ गराउँन सक्छ । यसका साथै, अनारमा हुने तत्वले न्यून रक्तचापको औषधिसँग प्रतिक्रिया जनाउने हुँदा शरीरलाई हानी पुग्छ ।

३. खोकी वा इन्फ्लुयन्जा – चिसो फल भएकाले अनारले खोकी र इन्फ्लुयन्जाको समस्या झनै बढ्छ ।

४.कब्जियत र ग्याष्ट्रिक- अनारले कब्जियत र ग्याष्ट्रिकको समस्या झन् बढाउँछ । अनारले पाचन प्रक्रिया बिगार्ने भएकाले झनै समस्या आउँछ ।

५. मानसिक समस्या – यदि तपाईं मानसिक समस्याबाट पीडित हुनुहुन्छ भने अनार खान तुरुन्त बन्द गर्नुपर्छ । किनकी मानसिक समस्यामा खाइने औषधिसँग प्रतिक्रिया गर्छ । र दिमागको नसा चिसो बन्न सक्छ ।

६.कहिले खाने ? – बिहान अनार खानु निकै फाइदाजनक हुन्छ । यसमा हुने सुगर र भिटामिनले दिनभर उर्जा प्रदान गर्छ । त्यसैले बिहान ब्रेकफास्टमा अनार खानुपर्छ!!