ठूलो बज्रपातको पन्ध्र वर्ष पूरा भएको छ: १२ बुँदे सम्झौता (२०६२_०८_०७)।

स्कटनेपाल,

१. सत्ताको लागि जहाँ र जोसँग पनि जस्तो सुकै सम्झौता गर्न पछि नपर्ने नेपालका सात राजनैतिक दलहरुले बारह (१२) बुँदे सम्झौता गरेको दिन हो आज २०६२_मंसिर_०७ ।

२. अहिले देखिएको ओली, प्रचन्ड तथा नेपाल समुह बीचको सत्ताको लडाई, १२ बुँदे सम्झौता को एउटा रूप पक्ष मात्र हो ।

३. सार पक्ष भनेको, १२ बुँदे सम्झौता मार्फत नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, रक्षा तथा सुरक्षा, र नेपालको परराष्ट्र नीति माथि जबर्जस्ती हस्तक्षेपको लागि गरिएको औपचारीक आह्वान हो ।
४. यसरी, १२ बुँदे सम्झौता पूर्ण रूपमा नेपाली जनताको लागि १९५० को सन्धि पछिको ठूलो वज्रपात हो ।

समाधान: ५. यो सम्झौता गर्ने पार्टीहरु तथा नेताहरुले नेपाली जनतासामु औपचारीक रुपमा क्षमायाचना माग्नु पर्छ । त्यो सम्झौताबाट पछि हटेको घोषणा गर्नु पर्छ ।

६. यदि उनीहरूले माफी माग्दैनन् भने र आफै त्यो गर्दैनन् भने, नेपाली जनताले जुनसुकै मूल्यमा पनि १२ बुँदेका हस्ताक्षर कर्ताहरु तथा तिनीहरूको पार्टी माथि धावा बोल्नु आवश्यक हुन्छ ।

७. यसरी विद्यमान नेता_ आतंवादविरुद्धको क्रांति सम्पन्न गरी सकेपछि मात्र वास्तविक समृद्धि हासिल गर्ने बाटोको सुरुवात हुने छ ।
अस्तु ।
ए पोख्रेल ।