घट्यो सुनको मुल्य, यस्तो छ बजार भाउ

काठमाडौं । सुनको मुल्यमा गिरावट आएको छ ।

सुनको मुल्यमा ४०० रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कात्तिक २८ गते पछि बुधबार बजार खुल्दा १०० रुपैंयाँले घटेको सुन बिहीबार ७०० ले घटेको थियो।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ५०० सय कायम रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

चाँदीको मुल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।