काठमाडौँ उपत्यकामा आज कति संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ८९९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ३८७ महिला र ५१२ पुरुष गरि ८९९ जना संक्रमित भएका हुन् ।

त्यस्तै काठमाडौँमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार अहिले काठमाडौँमा १० हजार १०१ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ७६९ र ललितपुरमा २१ सय १४ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ७१ हजार ८५६ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ६ हजार ५३२ र ललितपुरका ९ हजार ९०९ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लामा ३१६ कोरोना संक्रमितको मृत्यु भएको छ भने भक्तपुरका ८४ जना र ललितपुरका ९० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म काठमाडौँमा कुल ८२ हजार २७३ जना संक्रमित भएका छन् भने भक्तपुरका ७ हजार ३८५ र ललितपुरका १२ हजार ११३ जना संक्रमित भएका छन् ।