केकी र रमेशको ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक ( भिडियो )

युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिन्छ। गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

गीतकार पौडेल लामो समय देखि हलेशी ट्रेड लिङ्क बिर्तामोड मार्फत अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न छन् । तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।