‘घिन्ताङ घिन्ताङ मादलु…’ भन्दै आए योगेश र सारिका (भिडियोसहित)

काठमडौं,

योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘घिन्ताङ घिन्ताङ मादलु…’ सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द, योगेशकै सङ्गीत तथा सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘घिन्ताङ घिन्ताङ मादलु…’को भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टको निर्देशन र सुवोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी, आस्मा विश्वकर्मा, योगश र सारिकाको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको गीतको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।
नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोतारदर्शकको मन जित्न सफल हुनुभएको छ भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता/दर्शकको रोजाइमा रहेका छन् । यो जोडिका गीत ‘हेल्लो’, ऐसेलुको पात’ जस्ता गीत करोड क्लवमा रहेका छन् ।