केकी , सुधिर र प्रियाना अभिनित ‘पहिलो माया’ सार्वजनिक (भिडियो)

गीतकार पुनम मोथेको नयाँ सांगीतिक कोसेली ‘पहिलो माया’ सार्वजनिक भएको छ लोकप्रिय गायिका रचना रिमालको स्वर , शंकर थापा ‘स्माइल’को संगीत, र उदयराज पौडेलको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी , सुधिर श्रेष्ठ र प्रियाना आचर्य अभिनित छन् । प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमले आफ्नै अफिसियल युट्युब च्यानल ‘ Poonam Mothey Official’ बाट सार्वजनिक गर्नु भएको हो।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी , विकाश धमलाको सम्पादन रहेको छ । कोरना कहर र बिदेशमा रहेर पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गीतकार मोथेको यसअघिका ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन । निकै मेहनतका साथ गीत र म्युजिक भिडियोको निर्माण गरिएकोले गीतको भिडियो हेरेर प्रतिक्रिया दिन गीतकार पुनमले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गर्नु भएको छ ।


.