कविता: “समृद्धि स्वतः आउँदैन”

प्रेम र राजनीति ।
संसार नबुझेको मान्छे ।
संगत के हो बुझ्दैन । १।

भोको पेट र तातो भात ।
परिश्रम नगर्ने मान्छे ।
जीवन के हो जान्दैन । २।

सम्पत्ति र निजत्व ।
अपनत्व नभएको मान्छे ।
स्वतन्त्रता कहाँ छ देख्दैन ।३।
—–
गद्दार र अ मात्रि भुमि ।
राष्ट्रियता नभएको नागरिक ।
स्वाभिमान छुट्टाउन सक्दैन ।४।

रोजगार र उधोग ।
उत्पादन नगर्ने देश ।
समृद्धि स्वतः आउँदैन ।५।

ईतिहास र राज्य ।
पुस्ताको गर्व नगर्ने देश ।
जिवन्त रहन पनि सक्दैन ।६।

अस्तु ।
Ambarish पोख्रेल
काठमाडौँ नेपाल ।