गायिका कोपिला मगरको आवाजमा ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक ।

काठमाण्डौ ।
परदेशी युवाको जिवन भोगाई समेटिएको निकै मार्मिक गीत गायक अच्युत राज रेग्मी र गायिका कोपिला मगरको आवाजमा रहेको ‘क्यारि फर्कौं नेपाल’ गीतको भिडियो बजारमा रहेको छ । गीतको भिडियो लाई न्यू अन्जना मिडिया प्रालीले बजारमा ल्याएको हो ।

बिशेष गरि प्रदेशमा रहने नेपालीहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको गीत निमार्ण गरिएको छ । ऋषि रानाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा आयुष,पवित्रा,अर्जुन पन्त,आर्यन र सरिता जिवन्त अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।