इन्द्रेणी तहल्का पिटेकी ७ बर्षिय रबिना बसेलको खेम सेन्चुरीसंग रेकर्ड भयो पहिलो गीत

काठमाडौँ | गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ७ बर्षे बालिका हुन् रबिना बसेल । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ । केही समय अगाडिबाट सामाजिक सन्जालमा धेरै राम्रा र नराम्रा प्रतिभाहरु आएका छन । जसमध्ये राम्राले राम्रै स्थान पाएर राम्रो बाटोमा आफूलाई अगाडि पनि बढाएका छन । धेरैले आफूले चाहेको काम गर्दा आफूलाई भाग्यमानी पनि ठानेका छन । जसमध्ये कमला घिमिरे, आयुषा गौतम र अशोक दर्जी केही यस्ता चर्चित पात्रहरु हुन जो बाल्यकालबाटै आफूलाई एउटा राम्रो कलाकारको रुपमा स्थापित गरिसकेका छन ।

आज हामी यस्तै अर्की एउटी बाल गायिका या भनौ प्रतिभाको कुरा गर्दैछौ । उनी हुन गुल्मी शान्तीपुर धुवाखर्क भन्ने ठाउकी रबिना बसेल, जो यति सानै उमेरका आयुषा र कमलालाई मज्जाले पछि पार्न सक्ने कलाले भरिपूर्ण छिन । लाइभ दोहोरीमा यति सानै उमेर ७ बर्षको उमेरमा यति धेरै खप्पीस छिन कि जस्तालाई पनि सजिलै पछार्न सक्छिन ।

हेर्नुस रबिनाको पहिलो गीत |