महान श्रीमान बिनोदकी श्रीमती अनिताले गायिकासंगै गाइन रुवाउने गीत, जन्मदिनमा अनितालाई विनोदको यस्तो उपहार, रानी जस्तै सजीइन हेर्नुस

काठमाडौँ । आज गुल्मीका भाइरल जोडी भनौ या भगवान जस्तै श्रीमान भनौ जे भनेनी कम दर्जा हुने बिनोद खड्काकी श्रीमतीको जन्मदिन | अनिता खड्का जो केहि समय देखि टाउकोको समस्याले अस्पतालमै छन् तर उनका भगवान रुपी श्रीमानले उनलाई जहिले नि केयर गरेर सबै माझ महान श्रीमान भनेर चिनिए | केहि समय देखि हामीले गुल्मीको यो परिवारको घटनालाइ नजिकैबाट फलो गरिरहेका छौ | आजकलको समयमा बाहिर हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् ।

यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ २०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । हेर्नुस यसरि मनाए जन्मदिन गायिकासंगै गीत गाउदै |