नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? भिडियो सहित

काठमाडौँ । गीत संगीत क्षेत्रमा अग्रसर गीतकार एल के गुरुङ परदेशमा बसेर पनि आफ्नो देश नेपाल र नेपाली गीत संगीतलाई माया गर्दै समय समयमा आफ्ना रचना गीत संगीत क्षेत्रमा ल्याईरहेका छन् ।

बिगतमा पनि उनको शब्द रचनामा नेपालका चर्चित गायक स्वरुपराज आचार्य”पुष्कर सुनुवार”तारा लक्सम”गायिका अन्जु पन्त”मेलिना राई आदिले गीत गाई सकेका छन् । गीत संगीत ल्याउने क्रममा अहिले फेरि पनि गुरुङको शब्द रचनामा रहेको उत्कृस्ट गीत”मेरो माया लाग्छ र ?” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । साथै गीतमा एक प्रेमी र प्रेमिका मायामा डुबेर प्रेम भाव ब्यक्त गर्दै एक अर्कालाई मेरो माया लाग्छ र ? भनेर प्रश्न गरेको अवस्थालाई बडा रमाईलो परामा भिडियोमा प्रस्तुत गरेका छौँ गीतकार एल के गुरुङले बताएका छन् ।

उक्त गीतलाई संगीतकार राजकुमार बगरले संगीत गरेका छन् भने गीतमा चर्चित गायक प्रमोद खरेल र बिन्दु परीयारको आवाज सुन्न सकिन्छ । गीलाई कमल सौरागले संगीत सम्योजन गरेका छन् । गीतको भिडियोमा निर्देशन मदन खड्काको रहेको छ भने भिडियोलाई छायांकन बिरेन्द्र भट्टले गरेका हुन् ड्रोन सन्तोष महरा “सम्पादन बिष्णु खड्काको रहेको छ । गीतको भिडियोमा नायक पुष्प खड्का र टिकटक स्टार उषा उप्रेतीको मन मोहक अभिनय रहेको छ ।

गीतको भिडियोलाई सफल मोसन पिक्चर्सले पोस्ट प्रोडक्सन गरेको छ । गीतको भिडियोलाई उषा गुरुङले निर्माण गरेकी हुन् । भिडियोलाई हाई लाईट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतकार एल के गुरुङ भन्छन् म सबै प्रकारका गीत लेख्ने गर्छु तर अहिले भने प्रेम भावले ओतप्रोत गीतको भिडियो लिएर दर्शक स्रोता माझ आएको छु । आशा छ मेरो यो गीतको भिडियोलाई दर्शक स्रोताले भरपुर माया दिनुहुनेछ ।

हेर्नुहोस् गीतको भिडियो :