केपी शर्मा ओलीले पार्टी फुटाउन आफुलाई प्रस्ताव गरेको प्रचण्डको भनाई, अब के हुन्छ ? हेर्नुहोस कार्तिक १७ गतेका मुख्य समाचारहरु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताउनुभएको छ ।

आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नुभएको हो । बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताउनुभएको हो । भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको बिफ्रिङ भएको छ ।

उहाँका अनुसार ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको हो । हेर्नुहोस कार्तिक १७ गतेका मुख्य समाचारहरु :