चुरोट सल्काउँदा आगोलागी एकै परिवारका ४ जना घाईते , उपचार खर्च नहुँदा परिवारकै बेहाल (भिडियो सहित

बिहान देखी बेलुकी सम्म सेती किनारमा बालुवा बोकेर जीविकोपार्जन गर्ने गोरखाका शेरबहादुर दशैमा समेत घर गएनन् । घरमा भएकी ४५ बर्षिय देउकुमरी गुरुङ र अन्य परवारलाई समेत दशै मनाउन गोरखा देखी पोखरा बोलाए । शनिबारको बिहान चार जना यति सानो कोठामा सुतका थिए तर बिहान करिब ४ बजे तिर शेरबहादुरले चुरोट सल्काउन खोज्दा एक्कासी आगो लाग्यो । सानो कोठा भएकाले आगोको मुस्लो कोठाभरी फैलियो शेरबहादुरसंगै अन्य चारजना आगोको भूमरीमा परे ।
। लेगुलेटरमा समस्या भएपछि बिगत केही महिनाबाटै ग्यास लिग हुने गरेको रहेछ । यो कुरा शेरबहादुरालाई पनि थाहा थियो । सायद उनीसंग पैसा थिएन की भएर पनि फेर्ने वा बनाउने समय थिएन । शनिबार भाई छोरा र श्रीमतीसंग यति सानो कोठामा सुतेकाउनी बिहानी करिब ४ बजेबाट पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएर उपचार गराईरहेका छन् । उनको अवस्था गम्भीर छ भने अरुको अवस्था सामान्य छ । अब हामी प्रस्तुत गर्दै छौं स्थलगत रिपोर्ट ।