एउटा यस्तो गीत, जुन गीत सुनेपछि बिदेश हिडेका युवाहरु घर फर्किए (भिडियो सहित )

पछिल्लो समयमा थुप्रै गीत संगीत बजारमा आउने क्रम बढ्दो छ । कहिले गीतले हसाउँछ त कहिले रुवाउँछ । यसै परिवेशमा पछिल्लो समयमा अन्य गीत भन्दा निकै नै फरक खालको ‘लाहुर जाने मदनहरु’ बोलको गीतले अहिले बजार तताई रहेको छ ।
सबैको मन मुटुमा बसिसकेको यो गीतले टिकटकमा पनि राम्रै सफलता हात पार्दै गएको छ । करिब ३० देखि ३५ जना टिकटक युजरहरु बाट अपलोड गरिएको १५ सेकेन्डको साउन्ड क्लिपमा १ दिनमै करिब १५ हजार बढी भिडियो बनिसकेका छन ।
गीतमा १ दर्जन बढी कलाकारहरुको मन छुने अभिनय रहेको छ । पछिल्लो समयका उदाउँदा ताराहरु सुर्य ढकाल, कोमल तामाङ, जीवन शाहनी, अश्मी थापा, ईश्वर सिंह, रोजि लामिछाने, रेशम निर्दोश, अस्मि पौडेल, कमल कुमार बि.क, अमृता नेपाली, कबिता गुरुङ्ग लगायतको मुख्य अभिनय गीतमा देख्न सकिन्छ । गीतको म्युजिक भिडियो निर्देशन तारानाथ आचार्यले गरेका छन । गीतको सम्पादन सुबास अम्गाईले गरेका हुन् | गीत हेर्नका लागी यो लिंक क्लिक गर्नुहोला |