क्षयरोग (टिबी रोग) बारे भ्रम र बास्तबिकता (भिडियो)

क्षयरोग अर्थात टिबी नेपालीहरुमा लाग्ने धेरै रोगहरु मध्ये एक हो । बिशेषत् धुम्रपान र अन्य कारणकाबाट यो रोग लाग्ने गर्छ । कुनै जमाना थियो टिबीका कारण धेरै मानिसहरुको मृत्यु हुने गथ्र्यो । पछिल्लो समय टिबीको उपचार सरकारले निःशुल्क गरेको छ र नियमित औषधी सेवन गर्दा टिबी पुर्ण रुपमा निको हुन्छ । टिबी एक सरुवा रोग भएकाले यसबाट बच्न जरुरी रहको डा. प्रबिण घिमिरे बताउनुहुन्छ । क्षयरोग उपचार केन्द्र गण्डकीका निमित्त निर्देशक समेत रहनुभएका डा. प्रबिण घिमिरेका अनुसार टिबीरोग सामान्य भएपनि यसबारे सचेत रहनुपर्नेमा जोढ दिनुुहुन्छ । हेर्नुहोस् टिबी रोगका भ्रम र यथार्तबारे डा. प्रबिण घिमिरेको भनाई ।