आखिर ‘छक्का पन्जा’ टिमबाट निकालिएका हुन् जितु ? यस्तो हल्ला चल्नुको रहस्य यस्तो रहेछ (भिडियो सहित)

हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिइन् । दीपाश्रीले नायक राजेश हमालको बिषयमा दिएको एक अभिव्यक्तिपछि उत्पन्न विवादसँगै उनी शोबाट बारिएकी थिइन् । उनी शोबाट बाहिरिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको रुपमा शोमा भित्रिएकी छिन् ।

दीपाश्री जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएसँगै चलचित्र बजारमा ‘छक्का पन्जा’ टिमबाट जितु नेपाल पनि बाहिरिएको चर्चा सुरु भएको छ ।उसो त, ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिनुको कारण संचालक जितु नेपालले विज्ञापनदाता र निर्माण कम्पनीलाई देखाएका थिए । के हो त यसको भित्रि रहस्य , छक्का पन्जा टिम र जितु बीच मन मुटाब भएको हो ? तल भिडियोमा जस्ताको त्यस्तै रिपोर्ट हेर्नुहोला ।